ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रदेश २ लोकसेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन

२०७८ असोज, १९  
प्रदेश ०२
NA

जनकपुर । प्रदेश नं २ लोकसेवा आयोगले आफ्नो दोस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश नं २ लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई सोमवार उक्त प्रतिवेदन बुझाएका हुन् । गतवर्ष बढुवा, अन्तर सेवा, खुला र समावेशी गरी कुल २७२ पदका लागि विज्ञापन खुलाएको थियो । बढुवातर्फ ११३, अन्तरसेवातर्फ १४, खुलातर्फ ९५ र समावेशी समूहतर्फ ५० पदका लागि विज्ञापन खुला गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्