ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अपर तामाकोशी हाइड्रोपावरको १२औं र १३औं वार्षिक साधारण सभा आज

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता


असोज १९, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १२औं र १३औं वार्षिक साधारण आज (मंगलवार) हुँदैछ  ।

कम्पनीले सभा बिहान ११:३० बजे नेपाल विद्युत् प्राधिकरण, दरबारमार्गमा जुम माध्यमबाट हुने जानकारी गराएको हो । सभाले आयोजना प्रभावित दोलखा जिल्लाका सामाजिक संस्थाहरु लगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, आव २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिशत वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका असोज ४ गते (एक दिन) बन्द गरेको छ । यस आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्