ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

खाद्य उद्योग लिमिटेडको ४८औं साधारण सभा कात्तिक १६ गते, १५% लाभांशको प्रस्ताव

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । खाद्य उद्योग लिमिटेडको ४८औं वार्षिक साधारण सभा कात्तिक १६ गते हुने भएको छ ।

सभा साल्ट ट्रेडिङ कर्पोरेशनको केन्द्रीय कार्यालयको सभाहल कालिमाटी, काठमाडौंमा दिउँसो १ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक अनुमोदन गर्ने र विविध प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्