ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रिडी हाइड्रोपावरले आह्वान गर्‍यो २०औं वार्षिक साधारण सभा, १२.६% लाभांशको प्रस्ताव

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले कात्तिक १२ गते २०औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आफ्नै केन्द्रीय कार्यालय, थापाथली, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा यस कम्पनीले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने बारे छलफल गर्ने, कम्पनीको उद्देश्य थप गर्ने गरी प्रवन्धपत्रको उद्देश्यसँग सम्बन्धित दफा संशोधन/थप गर्ने पनि रहेको छ ।  

साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक २ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्