ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लघु जलविद्युत् बन्द हुँदा ४०० घरपरिवार अन्धकारमा

२०७८ असोज, १९  
गण्डकी प्रदेश
NA

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघु जलविद्युत् परियोजना बन्द भएको छ । दाजुङखोला लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको उक्त परियोजना बन्द हुँदा करीब ४०० घरपरिवारको दिनचर्या कष्टकर बनेको छ । च्युरीबोटस्थित विद्युत्गृहमा रहेको टर्वाइनको बेरिङमा खराबी आएपछि यही असोज १४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको सहकारीका अध्यक्ष नन्दबहादुर घर्तीले बताए । सो परियोजनाको विद्युत् च्युरीबोट, ओखरबोट, महभिर, छाप, खतेन गाउँका ३९३ घरधुरीले उपभोग गरेका थिए । विद्युत् अभावमा उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने अवस्था आएको छ ।

सर्वसाधारणलाई साँझ र रातको समयमा घरायसी कामकाज गर्न, बालबालिकालाई अध्ययन गर्न तथा विद्युत्बाट मिल, फर्निचर उद्योग सञ्चालन गर्न समस्या भएको छ । सहकारीका अध्यक्ष घर्तीले बुटवलबाट अर्काे बेरिङ ल्याउनुपर्ने भएकाले परियोजना मर्मतका लागि केही समय लाग्ने बताए । आर्थिक अभावका कारण नयाँ बेरिङ खरीद र ढुवानी गर्न समस्या भएको उनको भनाइ छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्