ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अक्टोपसको नेपाल चिन्ता

२०७८ असोज, १९  
१० वर्ष अघि
NA

गत हप्ता दक्षिण अफ्रिकामा सकिएको विश्व कप फुटबल प्रतियोगिता हेरेर फर्किएका नेपाली व्यवसायीहरूका अनुसार अक्टोपसले नेपालका बारेमा विभिन्न खालका भविष्यणवाणी गरेको छ रे । उनीहरूको भनाइमा नेपाल उद्योग  परिसंघ अब नेपाल महाउद्योग परिसंघ बन्ने ठोकुवा अक्टोपसले गरेको छ रे । जिल्लाजिल्लामा परिसंघका शाखा खोल्ने उद्घोष यसका अध्यक्षले पहिल्यै गरिसकेको सन्दर्भमा यो भविष्यवाणीमा केही दम देखिन्छ । तर, जिल्लामा नेतृत्व लिने मानिस पाउन गाह्रो हुने भएकाले ती खुलिहाल्न भने सकेका थिएनन् । यो प्रसंगमा अब परिसंघका अध्यक्ष विनोद चौधरीले क्लोनिङ गरेर हरेक जिल्लामा पठाइने र  महाउद्योग खुल्ने पनि अक्टोपसको दाबी छ । आफ्नो अनुअहारसँग ठ्याक्कै मिल्ने व्यक्ति भएपछि अध्यक्ष चौधरीलाई पनि जिल्लाहरुमा नेतृत्व हस्तान्तरण गर्न सजिलै हुनेछ ।  

यता आठ महिनापछि हुनुपर्ने चुनावताका नेउवामहासंघको पनि अक्टोपसको जस्तै अंगप्रत्यंगहरू विस्तार हुने भविष्यवाणी पनि अक्टोपसले गरेको छ । अक्टोपस पउलको कथनअनुसार त्यसउप्रान्त नेउवासमहासंघको विस्तार ढकाल नेउवासंघ, कर्णिकार उद्योग महासंघ, वैद्य संगठन आदि रूपमा हुनेछ । नेपाल चेम्बर अफ कमर्सको नेतृत्वबारे भने वर्तमान महासचिवलाई अध्यक्ष बनाउने सहमति पहिल्यै भएको बुझेर हुन सक्छ अक्टोपसले यस विषयमा आफ्नो टाउको हात पुच्छर आदि केही पनि हल्लाएन  । अक्टोपसका अनुसार अब दुई वर्षभित्र नेपालमा द्विराष्ट्रिय व्यावसायिक चेम्बर वस्तुगत चेम्बरहरूको संख्या विश्वमा भएका त्यसखाले चेम्बरहरूको दोब्बर पुग्नेछ । त्यसको कारणबारे अक्टोपसले केही पनि बताएन ।

(तीतोमीठोबाट)
वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्