ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनएमबिको भिडियो केवाईसी सेवा

२०७८ असोज, १९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनएमबि बैंकले भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै बसेर खाता खोली कारोबार गर्न सकिने भिडियो केवाईसी योजना ल्याएको छ । एनएमबि नेपाली बैंकिङ क्षेत्रमा सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक बनेको छ । ग्राहकले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरण अपडेट गर्न सक्छन् ।

‘एनएमबीले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङ अनुभवमा परिवर्तन सुरु गर्दै छ । ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगभन्दा अझ माथि उठेर बैंकमै नपुगी बैंकिङ गतिविधि सञ्चालन गर्न सक्नेछन् । हालको परिवेशमा यस प्रकारको सेवाले घरमै बसी बैंकिङ कारोबार सहज बनाउनेछ’, बैंकको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्