ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नाम्जेको होमस्टेमा बढ्यो पर्यटकको चहलपहल

२०७८ असोज, १९  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

धरान । लामो समयदेखि थलिएको धनकुटाको सागुरीगढी गाउँपालिकामा सञ्चालित होमस्टेमा पर्यटकीय चहलपहल शुरू भएको छ । असोज १ गतेदेखि सर्वपक्षीय छलफलको निर्णयअनुसार होमस्टे सञ्चालनमा आएपछि चहलपहल बढेको हो ।

सागुरीगढी गाउँपालिका–६ मा रहेको नाम्चे थुम्कीमा सञ्चालन भएका होमस्टे कोरोनाको संक्रमणका कारण बन्द थिए । संक्रमणकै कारण केही समय उनीहरू कृषि पेशामा लागेका थिए । तर कोरोना संक्रमण घट्दै गएपछि नाम्चेका होमस्टेमा आन्तरिक पर्यटक आउन थालेका छन् ।

नाम्जेमा मगर समुदायले आफ्नो सांस्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालन गरेका छन् । कोभिड शुरू हुनुअघि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक एक रात होमस्टेमा नबसी फर्किंदैन थिए । तर, कोरोना महामारीका कारण पर्यटक आगमन ठप्प भएपछि होमस्टे पनि बन्द भए । कोरोनाको जोखिम कम हुँदै गएपछि चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि होमस्टे पुनः सञ्चालन गरिएको हो ।

कोेराना संक्रमण अवधिभर होमस्टे सञ्चालन नहुँदा १ करोड रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्नु परेका सञ्चालकहरू बताउँछन् । अहिले पुनः खुला भएर पर्यटक आएर खाने, बस्ने रमाउने गरेपछि भने उनीहरू उत्साहित बनेका छन् ।

नाम्जे थुम्की होमस्टे व्यवस्थापनका अध्यक्ष अनिलकुमार रानामगरले कोरोनाकै कारण होमस्टे बन्द हुँदा लाखौंको आम्दानी गुमेको बताए । ‘कोरोना कहरले होमस्टे सञ्चालक ठूलो मारमा परे,’ उनले भने, ‘असोज १ गतेदेखि सञ्चालनमा आएपछि केही राहत भने मिलेको छ ।’ अहिले केही फाट्टफुट्ट पाहुना आउने गरेको उनले बताए । उनका अनुसार विगतमा यहाँका होमस्टेमा दैनिक ५ लाखदेखि ६ लाख रुपैयाँसम्म कारोबार हुने गर्दथ्यो ।

विराटनगरबाट ६–७ जनाको टोलीसहित नाम्जे होमस्टेमा बस्न आएका रवीन राजवंशीले लामो समयसम्म यहाँ आउने वातारण नमिलेको बताए । उनले भने, ‘हामी समय समयमा आउन गथ्र्यौं, तर कोरोनाका कारण २ वर्षपछि हामी आएका हौं, निकै आनन्द महसूस गरेका छौं ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्