ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लालीगुराँस सहकारीको वार्षिकोत्सव

२०७८ असोज, १९  
बजार
Image Not Found

काठमाडौं (अस) । ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २३ आंै वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सव अवसरमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको संस्थाले आगामी वर्ष थप नयाँ कार्यक्रम र योजना अघि बढाउँदै लैजाने बताए ।

संस्थाको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा उनले  करिब २३  हजार शेयर सदस्यको लगानीमा सञ्चालित संस्थाले आगामी दिनमा थप प्रगति गर्दै अघि बढ्ने विश्वास दिलाए । शेयर सदस्यलाई अनर्गल प्रचारका पछाडि नलाग्न उनले सुझाव दिए  । शेयर सदस्यको निरन्तर सहयोगका कारण संस्थाले थप उचाइ हासिल गरेको उनले बताए ।
ललितपुर महानगर र संस्थाबीचको विवाद अदालतबाटै फैसला हुने जानकारी दिँदै उनले मुद्दा उच्च र सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कानुनअनुसार अगाडि बढिरहेको उनले जानकारी दिए ।

संस्थाले काठमाडौंकोे चाबहिल, न्युरोड, ललितपुरको चापागाउँ, भक्तपुरको कौशलटार, सूर्यविनायक  र  चितवनको  पर्सामा सदस्य सुविधा काउन्टर सञ्चालन गरेको छ ।  
गत वर्षदेखि  संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । संस्थाअन्तर्गतका विभिन्न क्षेत्रमा करिब ४ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । बागमती प्रदेशको उत्कृष्ट संस्थाको रूपमा परिचय बनाउन सफल भइसकेको अध्यक्ष श्रेष्ठले बताए ।

डिभिजन सहकारी कार्यालय संस्थाले ललितपुरमा ०५६ साल भदौ १८ गते दर्ता भई ०५६ साल असोज १५ गतेबाट कारोबार सुरु गरेको हो । संस्थाले हाल बहुउद्देश्यीय लगानीमा स्वास्थ्यतर्फ ललितपुरको ताल्छीखेलमा लालीगुराँस हस्पिटल, शिक्षातर्फ काठमाडौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि÷कलेज, डेरी परियोजनातर्फ चितवनको खैरहनीमा लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर र ललितपुरको गोदावरीमा लालीगुराँस दुग्ध प्रशोधन, उद्योग, ऊर्जातर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावरलगायत अन्य विभिन्न संघ–संस्थामा लगानी गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सदस्य सुविधा काउन्टरलाई वृद्धि गरी निकट भविष्यमा देशका विभिन्न जिल्ला र राजधानीका केही स्थानमा थप गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्