ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लोअर इर्खुवा हाइड्रोपावरको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

२०७८ असोज, १९  
बजार
Image Not Found

काठमाडौं (अस) । लोअर इर्खुवा हाइड्रोपावरले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी पँुजीमध्ये १० प्रतिशत अर्थात ७,००,००० कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र भोजपुरका स्थानीय वासिन्दा र २० प्रतिशत अर्थात् १४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्न मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

शेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।

हाल कम्पनीको अधिकृत पुँजी ९० करोड, जारी पुँजी ७० करोड र चुक्ता पुँजी ४९ करोड रुपैयाँ छ । स्थानीय तथा सर्वसाधारणमा शेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्नेछ । लोअर इर्खुवा हाइड्रोपावरले भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमताको लोअर इर्खुवा जलविद्युत् आयोजना निर्माण  सम्पन्न गरी व्यापारिक विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्