ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नागरिक लगानी कोष–आईएमई सम्झौता

२०७८ असोज, १९  
बजार
Image Not Found

काठमाडौं (अस) । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका  नेपाली नागरिकले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हस्ताक्षर गरे । वैदेशिक रोजारीमा रहेका  नेपालीलाई नागरिक पेन्सन योजनामा आबद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्रावधिक सयोगमा कोष र रेमिट्यान्स कम्पनीको सफ्टवेयरलाई आबद्धता गर्ने सफ्टवेयर निर्माण गरेको थियो ।

उक्त सफ्टवेयर निर्माणसँगै आइएमईसँग भएको समझदारीले वैदेशिक रोजागारमा रहेका नेपालीले सहज रूपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्नेछन् । सो अवसरमा कोषका नायब कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरेलगायत सहभागी थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्