ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आईपीओ निष्कासनको प्रस्तावसहित अभियान लघुवित्तले कात्तिक १३ गते बोलायो साधारण सभा 

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १३ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीले काभ्रेपलाञ्चोकको पनौतीमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/ ७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०७८/ ७९ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । 

कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने विषयलाई पनि प्राथमिकतामा राखेको छ । उक्त प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

कम्पनीले सर्वसाधारणमा शेयर(आईपीओ) जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्ने बताएको छ । साथै कम्पनीबाट प्रदान हुने बचत, कर्जा, विप्रेषण लगायतका वित्तीय सेवाहरु डिजिटल माध्यमबाट प्रदान गर्ने व्यवस्थाका लागि प्रबन्धपत्रमा संशोधन तथा थप गर्ने विषय पनि सभामा छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्