ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एशियन लाईफ इन्स्योरेन्सले संस्थापकतर्फको शेयर स्वामित्व १० % घटाउने 

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापकतर्फको शेयर स्वामित्व १० प्रतिशत घटाउने भएको छ । 

कम्पनीले हाल कायम संस्थापक तर्फको शेयर स्वामित्व ७० प्रतिशतदेखि घटाएर ६० प्रतिशत कायम गर्न लागेको हो । सर्वसाधारणमा १० प्रतिशत संस्थापक शेयर परिणत गर्नका लागि १२ औं वार्षिक साधारण सभाबाट पारित गरेको कम्पनीले नियामक निकाय बीमा समितिबाट पनि स्वीकृति पाइसकेको बताएको छ ।

अब कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत कायम हुनेछ । कम्पनीले संस्थापक तर्फको आफ्नो स्वामित्वको शेयर सर्वसाधारण्मा परिवर्तन गर्न नचाहने शेयरधनीहरुले आगामी सात दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन भनेको छ । 

तोकिएको अवधिभित्र शेयर परिवर्तन गर्ने या नगर्ने सम्बन्धमा लिखित जानकारी प्राप्त नभएमा संस्थापक तर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने कम्पनीको भनाइ छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्