ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेरो माइक्रोफाइनान्सद्वारा २१.०५ % लाभांश प्रस्ताव 

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनसमेत गरी कुल २१ दशमलव दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई १६ दशमलव ९४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्