ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य स्थिर

२०७८ असोज, १९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार स्थिर रहेको सुनको भाउ मंगलवार रू. ५०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९० हजारमा ३०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ८५० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ३५० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार प्रतितोला रू. १ हजार १६० मा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्