ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नगद लाभांशमात्र दिने घोषणा गरेको एनआईसी एशिया लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट 

२०७८ असोज, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको १५ मिनेटपछि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १४२ दशमलव १० मा झरेको छ । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेसँगै बजारमा विक्रेता हावी हुँदा शेयरमूल्य घटेको हो । 

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ६३ हजार ९१७ कित्ता शेयर विक्री माग रहेको छ भने खरीद माग शून्य छ । कम्पनीले मंगलवार गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्