ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक विस्तार गर्‍यो ७  ओटा नयाँ शाखा 

२०७८ असोज, १९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात ओटा नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ ।

बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजारस्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । 
यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्यूठान जिल्लाको सदरमुकाम मल्लरानीस्थित शाखा कार्यालय प्यूठानमा शाखा विस्तार गरी कारोबार शुरु गरेको छ।

ती स्थानमा शाखा कार्यालयहरु विस्तारपछि बैंको शाखा सख्या २५४ ओटा पुगेको छ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगि आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गरेका छन् । उक्त बैंकको सातै  ओटा प्रदेश, ७७ ओटै जिल्लामा २५४ ओटा शाखा कार्यालय, २१६ ओटा एटीएम र ९८ ओटा शाखारहित बैंकिङ्ग कार्यालय रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्