ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेगा बैंकसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । मंगलवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २१८ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रको उच्च खरीद माग रहेको छ ।

मेगा बैंक, सिभिल बैंक, सिद्धार्थ इक्विटी फण्ड, नेशनल हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको धितोपत्रमा उच्च खरीद माग रहेको हो । यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी मेगा बैंकको ४ लाख ४५ हजार ४२३ कित्ता शेयर खरीद माग रहेको छ ।

त्यसैगरी सिभिल बैंकको ३ लाख ३६ हजार १० कित्ता, सिद्धार्थ इक्विटी फण्डको २ लाख १३ हजार इकाई, नेशनल हाइड्रोपावरको १ लाख ७४ हजार ९३५ कित्ता र नेपाल इन्फ्रास्टक्चर बैंकको १ लाख ४७ हजार ३८६ कित्ता शेयर खरीद माग रहेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्