ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

समता घरेलु लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य १४३८.८० पुग्यो

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । मंगलवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४३८ दशमलव ८० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद माग २ हजार ३९० कित्ता रहेको छ भने विक्री माग ६२० कित्ता रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्