ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पूँजीबजारमा परेको असरबारे चेम्बर अफ कमर्स : मौद्रिक नीतिले शेयर बजार घट्यो, तत्काल सच्याउ

२०७८ असोज, १९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ४ र १२ करोड रुपैयाँको कर्जा सीमा तोकेका कारण शेयर बजार निरन्तर ‌ओरालो लागेको बताएको छ।

चेम्बरले मंगलवार विज्ञप्ति जारी गर्दै कर्जा सीमा पूर्ववत अवस्थामा राखेर शेयर बजार जोगाउन पनि भनेको छ। साथै उसले नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बजारमा अनेक किसिमका विकृति देखा परेको र नीतिगत रुपमा संबोधन हुनुपर्ने विषय समेत अन्योलमा परेको बताएको छ।

चेम्बरले नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्डजस्ता नियामक निकायहरुले नीति नियम तर्जुमा गर्दा निजी क्षेत्रसँग पनि समन्वय गरिनु पर्ने बताएको छ ।

चेम्बरले शेयरको माग र आपूर्तिमा सामन्जस्यता ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्ववत रुपमा पूँजी बजारमा लगानी गर्न खुला गर्नुपर्ने पनि बताएको छ ।
 

चेम्बरले संस्थागत स्टक डिलर, मार्केट मेकर जस्ता संस्थाहरुलाई बजारमा ल्याउन माग गरेको छ। उसले अनलाईन कारोबार प्रणालीको वर्तमान संरचनालाई चुस्त दुरुस्त बनाई बैंक इन्टीग्रेसनसहितको प्रभावकारी प्रणाली बनाउनसमेत माग गरेको छ।

चेम्बरले फ्युचर अप्सन, जस्ता डेरिभेटिभ प्रोडक्टहरु ल्याउने तथा इन्ट्रा डे कारोबारको शुरुवात गर्न समेत माग गरेको छ।

चेम्बरले नेपाल स्टक एक्सचेन्जको स्तरोन्नति र नयाँ स्टक एक्सचेञ्जको व्यवस्था गर्न पनि माग गरेको छ ।चेम्बरले निश्चित सिमाभन्दा बढी पूँजी भएका वास्तविक क्षेत्रका कम्पनीहरुलाई अनिवार्य रुपमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गरिनु पर्ने पनि बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्