ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अपर तामाकोशी हाइड्रोपावरको साधारण सभा सम्पन्न, १०६१ मेवाको अपर अरुण जलविद्युत् आयोजना निर्माण गर्ने

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १२ औं र १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभा मंगलवार काठमाडौंस्थित दरबारमार्गमा सम्पन्न भएको हो ।सभाले आव २०७५/ ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

सभामा  कम्पनीका अध्यक्ष कुलमान घिसिङले स्वदेशी लगानीमा अपर तामाकोशीकोनिर्माण सफल भएसँगै कम्पनीले १ हजार ६१ मेगावाट(मेवा)  क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण गर्ने बताएका छन् ।

 उनले कम्पनीको आम्दानीले नेपालकै सबैभन्दा ठूलो आयोजना निर्माणको लागि प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिएका छन् । 

सभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय अनुसार आव २०७५/ ७६ मा आर्थिक सहयोग उपलब्ध गराएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्