ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ग्यापुको दशैँ तिहार धमाका : अप्रिलिया स्कुटर जित्ने मौका

२०७८ असोज, १९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । अनलाइन ई–कमर्स कम्पनी ग्यापुले दशैंतिहार धमाका अफर सार्वजनिक गरेको छ । दशैं तिहारको अवसर पारेर शुक्रवारदेखि शुरु भएको यो अवसरमा अप्रिलिया स्कुटर जित्ने मौका रहेको रहेको छ ।

कम्पनीको अनुसार ग्यापु अनलाइन स्टोरबाट सामान खरीद गर्ने ग्राहकहरूले ८० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् भने साथमा बम्पर उपहारमा पनि जित्न सक्नेछन् । यो छूट विद्युतीय सामग्री, मोबाइल ग्याजेट, कपडा लगायत सम्पूर्ण क्याटगोरीको सामग्रीहरूमा उपलब्ध हुनेछ बताइएको छ ।

यस अफर अन्तर्गत एनआईसी एसिया बैंकको डेभिड वा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशतसम्म क्यासब्याक अफर प्राप्त गर्न सक्छन् । ग्राहकले प्रत्येक युनिक कार्डबाट गरेको कारोबारमा १ हजार ५०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्छन् ।

त्यस्तै, एनसीसी बैंकको डेभिड र क्रेडिट र एनसीसी स्मार्ट युजर कार्ड प्रयोग गरेर सामान खरीद गरेमा २० प्रतिशत अथवा ५०० रुपैयाँ सम्मको क्यास ब्याक अफर प्राप्त गर्न सक्ने बताइएको छ । 

इ - सेवा प्रयोग गरि सामान अर्डर गर्ने मध्ये हरेक दिन २ जनाले लक्की ड्रमार्फत शतप्रतिशत क्यास ब्याक पाउने व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्