ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आइएमई जनरल इन्स्योरेन्सको हकप्रदलाई इक्राएनपीआई आर ट्रिपल बी रेटिङ

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ ।

 कम्पनीले १० : ४ अनुपातमा अर्थात् ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि रेटिङ गराएको हो । कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपीआई आर ट्रिपल बी रेटिङ प्रदान गरेको छ । 

यस्तो रेटिङले कम्पनीले वित्तीय दायित्वहरु समयमा पुरा गर्ने खण्डमा सुरक्षित रहेको देखाउँछ । कम्पनीले ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । 

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि उक्त हकप्रद शेयर निष्कासन गर्नेछ ।

 हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । हकप्रद शेयर निष्कासन पछि कम्पनीको पूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्