ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

२०७८ असोज, १९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्धाका फरार अभियुक्तलाई मंगलवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ७ घर भइ हाल काठमाडौं महानगरपालिका- ३ महाराजगञ्ज बस्‍दै आएका ३० वर्षीय सुजन तामाङ रहेका छन् ।

उच्च अदालत पाटनको २०७७ साल पुस ६ गतेको फैसलाले निज अभियुक्त विरुद्ध २० लाख  रुपैयाँ जरिवाना तथा आठ दिन कैद सुनाएको थियो।

निज अभियुक्तले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी - जानी झुक्यान पारी ग्लोबल आइएमई बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई २० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।

पक्राउ परेका अभियुक्तलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा मंगलवारनै पेश गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्