ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बेलायतमा कोरोना संक्रमण झन् बढ्दै : एकैदिन थपिए ३५ हजारभन्दा बढी संक्रमित

२०७८ असोज, १९  
अन्तरराष्ट्रिय
Image Not Found

असोज १९, लण्डन । बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने संक्रमण दैनिक कमी नआएको बताइएको छ ।

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ७७ जना एकै दिनमा संक्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण मात्रै ३३ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ९८६ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करीब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन् । बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । 

त्यसैगरी करीब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।

यहाँ पछिल्ला दिनहरुमा कम्तीमा पनि ३० हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएको छ । यहाँका अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको पाइएको बताएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्