ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

४१ अंकले बजार बढ्दा ४ ओटा धितोपत्रको मूल्यमा सर्किट, कुन - कुनको बढ्यो ?

२०७८ असोज, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार शेयर बजार अघिल्लो कारोबार दिनको तुलनामा ४१ दशमलव ८४ अंकले बढेको छ । 

यो दिन नेप्से परिसूचक २६१२ दशमलव ६५ विन्दुमा पुगेको हो । सो अवधिमा  कारोबारमा आएका २२३ धितोपत्र मध्ये चार ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यो दिन मल्टीपर्पस फाइनान्स,हिमालयन पावर पार्टनर ,समता घरेलु लघुवित्त वित्तीय संस्था र मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

मल्टीपर्पस फाइनान्स, हिमालयन पावर पार्टनर र समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

बजार बढेसँगै ती चार ओटा धितोपत्रको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मल्टीपर्पस फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू.४८१ दशमलव ८०,हिमालयन पावर पार्टनर,समता घरेलु लघुवित्त वित्तीय संस्थाको रू. १ हजार ४३८ दशमलव ८० र मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य रू. ३९३ दशमलव ६० पुगेको छ । 

ती चार ओटा धितोपत्रबाहेक सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुनलामा ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्