ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अन्तिम दिनसम्म साढे २३ लाखभन्दा बढीले भरे न्यादी हाइड्रोपावरको आईपीओ

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंगलवारसम्म यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा १४ गुणा बढी हो ।

कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानीकोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।

यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नु अघि भदौ १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री खुला गरी असोज ६ गते बाँडफाँट गरेको थियो ।

कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गरेको हो । कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यस आयोजनको निर्माण लागत अनुमानित रू. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ । हाल कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ ।

कम्पनीले संस्थापक शेयर धनी तथा कर्मचारी र स्थानिय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ ।

आर्थिक वर्ष ०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्