ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए ९६८ जना कोरोना संक्रमित, १११४ जना संक्रमण मुक्त

२०७८ असोज, १९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । मंगलवार पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ११ हजार ८५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ पुगेको छ । यसैगरी, मंगलवार १ हजार ११४ जना निको भएसँगै हालसम्म ७ लाख ७१ हजार ३३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्