ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ प्रि-अलोटमेण्ट बुधवार, शुक्रवार बाँडफाँट

२०७८ असोज, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १९, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा बुधवार प्रि - अलोटमेण्ट हुने भएको छ । 

विक्री प्रबन्धक सिभिल क्यापिटलले बुधवार प्रि - अलोटमेण्ट गर्ने जानकारी दिएको हो । बिहीवार घटस्थापनाको सार्वजनिक विदा परेकाले नेपाल धितोपत्र बोर्डले अनुमति दिए शुक्रवार अन्तिम बाँडफाँट गर्ने जानकारी क्यापिटलले दिएको छ । 

कम्पनीको आईपीओमा २१ लाखभन्दा बढी आवेदकहरुले ३५ गुणाभन्दा बढी कित्ता शेयरको लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ गतेसम्म ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । 

सर्वसाधारणका लागि छुट्याईएको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओमध्ये २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानियका लागि गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आईपीओ विक्री गरी भदौ ३१ गते बाँडफाँट गरेको थियो । 

कम्पनीले स्थानीय सहित सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरेको हो ।

कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ दशमलव ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ । 

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्