ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मध्य भोटेकोशी जलविद्युतको आईपीओ आजदेखि विक्री खुला

२०७८ असोज, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले आज (बुधवार) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ९० करोड बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

निष्कासन गरिने कुल कित्तामध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयरमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा विक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।  

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगाबाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गररहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्