ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हिमालयन रिइन्स्योरेन्सको प्रथम साधारण सभा कात्तिक १२ गते, आईपीओ निष्कासनको प्रस्ताव

२०७८ असोज, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा कात्तिक १२ गते हुने भएको छ ।

कम्पनीले सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा अपरान्ह्र ५ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाको प्रस्तावमा सर्वसाधारणको लागि आईपीओ जारी गर्ने रहेको छ । त्यस्तै, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/ ७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्