ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिटीजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७८ असोज, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले १५ औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश पाउने र साधारण सभामा भाग लिन सक्नेछन् ।

असोज २१ गते अर्थात् बिहीवार सार्वजनिक विदा रहेकाले बुधवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ८ प्रतिशत नगद लााभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्