ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रतिस्पर्धाले उत्पादन कटौती

२०७८ असोज, २०  
१० वर्ष अघि
NA

हेटौंडा औद्योगिक क्षेत्रस्थित त्रिपुरा टी इन्डस्ट्रिज नेपाल प्रालिले चर्को प्रतिस्पर्धाका कारण खपतमा समस्या भएपछि उत्पादन आधा कटौती गरेको छ । वार्षिक दश लाख किलो तयारी चिया उत्पादन गर्ने क्षमता भएको उद्योगले स्थापनाको एक दशकमै प्रतिस्पर्धामा आउन नसकेपछि यो निर्णय गरेको हो ।

उद्योगबाट अहिले सरदर चार लाख किलोमात्र उत्पादन भइरहेको उद्योग प्रमुख आशिष चक्रवर्तीले बताए । जिल्लामा चिया उत्पादनका अन्य उद्योगहरू नभए पनि बाहिरी जिल्लाबाट भित्रने उत्पादनसँग यस उत्पादनको बजार घटेको उनले बताए । ‘बजारमा खुला चियाको बिक्री बढ्न थालेपछि प्रतिस्पर्धामा आउन कठिन भया,’ चक्रवर्तीले भने ।

उद्योगले उत्पादन गर्दै आएको कैलाश, उदय तथा चमेली चिया प्याकिङको स्वरुपमा हुने भएकाले मूल्य खुलाको तुलनामा बढी भएपछि बिक्री गर्न कठिनाइ हुने गरेको उनले बताए ।

कच्चा पदार्थको उत्पादनसमेत घटेकाले आफूहरूको उत्पादन महँगोमा परेको तर खुल्ला रूपमा बजारमा उपलब्ध हुने सामग्रीले उपभोक्तालाई आकर्षित गरेको उनले बताए । ‘हामीलाई कच्चा पदार्थ नै महँगो छ, ग्राहकलाई पनि महँगो पर्ने नै भयो,’ उनले थपे ।

उद्योगको उत्पादनको खपत स्थानीय क्षेत्रमा पहिलेको तुलनामा घटेको छ । चियाको कच्चा पदार्थ उत्पादन हुने गृह जिल्ला झापामा दुई वर्षअघि मासिक पाँच सय किलो तयारी चिया खपत भइरहेको थियो तर अहिले दुई सय किलोभन्दा बढी हुन नसकेको बताइएको छ ।
 
वर्ष ५, अंक ३१, २०६६, चैत ३०–वैशाख ५

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्