ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बैंकको ब्याजदर घटाउन मागसहित व्यापार संघको ज्ञापनपत्र

२०७८ असोज, २०  
प्रदेश ०१
NA
author avatar अभियान संवाददाता

विराटनगर । पछिल्लो समय बैंकहरूले ब्याजदर बढाएको भन्दै विराट व्यापार संघले ब्याजदर घटाउन माग गरेको छ । सोमवार संघका अध्यक्ष सुजन थापाको नेतृत्वमा जिल्ला प्रशासन पुगेको उद्योगी व्यवसायी तथा व्यापारीको टोलीले प्रजिअ काशीराज दाहालमार्फत अर्थमन्त्री जनार्दन शर्मालाई उक्त आग्रहसहितको ज्ञापनपत्र बुझाएको छ । कोरोना महामारीका कारण निजीक्षेत्र थलिएको अवस्थामा सरकारले राहत दिनुको साटो उल्टो बैंकहरूले ब्याजदर बढाएकाले तत्काल बढाएको ब्याजदर घटाउन आफूहरूले माग गरेको संघका अध्यक्ष सुजन थापाले बताए । सरकारले कोभिड नियन्त्रणका लागि लागू गरेको लकडाउन र निषेधाज्ञा पालना गर्ने क्रममा उद्योगी व्यवसायी धराशयी भएको उनको भनाइ छ । मारमा परेको औद्योगिक क्षेत्र माथि उकास्न सरकारले विभिन्न सुविधाको प्याकेज ल्याउनुपर्ने समेत उनले माग गरे ।

कोभिडको कारण ठूलो क्षति बेहोरिसकेको अवस्थामा पछिल्लो समय बैंकहरूले कर्जामा ब्याजदर बढाएकाले आफूहरू थप मर्कामा परेको व्यवसायीले बताएका छन् । रुग्ण भएका उद्योगलाई पुनरुत्थान गर्नु राज्यको दायित्व भएकाले ब्याजदर वृद्धि लगायत समस्यालाई सहजीकरण गरिदिन ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्