ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साढे २ महिनामा ११११ युनिट बिक्री भए निशान म्यागनाइट

२०७८ असोज, २०  
बजार
Image Not Found

काठमाडौं(अस) । नेपाली बजारमा भित्रिएको छोटो अवधिमै ११११ युनिट निशान म्याग्नाइट बिक्री भएका छन् । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निशान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको हो । अहिले पनि १ हजार ७ सय युनिटभन्दा धेरै बुकिङ भइसकेको कम्पनीले बताएको छ । योसँगै निशान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बनेको छ ।

निशान म्याग्नाइट नेपाली बजारमा गत वर्ष फेब्रुअरी २२ मा औपचारिक लञ्च गरिएको थियो । त्यसपछि ७४ दिन अवधिमा गत साउनसम्म ५७८ युनिट निशान म्याग्नाइट बिक्री भएको कम्पनीले बताएको छ । छोटो अवधिमै बिग, बोल्ड, ब्युटिफुल एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको कम्पनीको भनाइ छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्