ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

युनिलिभर नेपालले आह्वान गर्‍यो २८औं वार्षिक साधारण सभा

२०७८ असोज, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले कात्तिक ११ गते २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले कर्पोरेट अफिस, सिटी स्क्वेयर विल्डिङ, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो ३:४५ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा अभौतिक माध्यम अर्थात् भिडियो कन्फरेन्सबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाले सञ्चालक समितिको सिफारिस बमोजिम २०७७/७८ सम्मको वितरण योग्य नाफाबाट प्रतिकित्ता शेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाको खर्चहरु पारित गर्ने, सर्वसाधाण शेयरधनीको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्ति गर्ने रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असोज २४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्