ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आजदेखि विक्रीमा

२०७८ असोज, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापकले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय दरवारमार्ग, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन अनुरोध गरेको छ ।

उक्त समय अवधिमा संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको जारी नीति निर्देशन बमोजिम अन्य व्यक्ति, संस्थालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्