ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोका–कोला नेपालले सार्वजनिक गर्‍यो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट

२०७८ असोज, २०  
बजार
Image Not Found

काठमाडौं (अस) । कोका–कोलाले नेपालमा पहिलो पटक सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । यो रिपोर्टले सन् २०२० को अवधिमा समावेशी, दिगो र उज्ज्वल भविष्यका लागि कम्पनीका प्रयासलाई दर्शाएको छ ।

रिपोर्टले जल व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड–१९ का बेला प्रतिक्रियासहित कर्पोरेट व्यक्तिलाई लाभ पु¥याएको छ, यसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारी सहभागी छन् । कोका–कोलाले सञ्चालन गर्दै आएका गतिविधि संयुक्त राष्ट्रसंघसँगको १७ बुँदे दिगो विकास लक्ष्यलाई मुख्य रणनीतिमा एकीकृत गराएको छ ।

‘कोका–कोलाको प्रणालीले व्यापार वृद्धि गर्न दिगोपनलाई सर्तको रूपमा लिएको छ । सन् १९७३ देखि कोका–कोलालाई हरेक नेपालीको रिफ्रेसमेन्ट र रोजाइको बनाउने व्यवसायमा अघि बढेका छौं । हामीले समाज, ग्राहकका साथै सबैका लागि लाभदायक रहने दिगो व्यवसाय निर्माणको प्रयास गरिरहेका छौं,’ नेपालका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने । कम्पनीले राष्ट्रका लागि पानी सुरक्षा सुनिश्चित गर्ने क्रममा यसका स्रोतको सम्मान र संरक्षण गर्ने जिम्मेवारी लिएको छ । नेपालमा कोका–कोलाले २०० प्रतिशतभन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको छ, जसमा वर्षाको पानी संकलन, जमिनमुनिको पानी रिचार्ज र वाटर एड एवं स्मार्ट पानीसँगको वाटरसेड पुनस्र्थापना साझेदारीजस्ता परियोजना रहेका छन् ।

कम्पनीले २०१८ मा विश्वव्यापी ‘वल्र्ड बिथआउट वेस्ट’ अभियान घोषणा गरेको थियो, जसको उद्देश्य सन् २०३० सम्म बेचिएका सबै बराबरको बोतल र डिब्बा  संकलन र रिसाइक्लिङ गर्नु थियो । यसका लागि नगरमित्र, रिसाइक्लर साथी र क्रिएसन, हिमालयन क्लाइमेट इनिसिएटिभ, डोको रिसाइक्लर्स र ब्लू वेस्ट २ भ्यालुको संयोजनमा रिफ्रेस र रिसाइकल सामेल छन् ।

यी परियोजना सामूहिक रूपमा काठमाडौंभरका २ र काठमाडौं बाहिरका ७ नगरपालिकामा सञ्चालनमा छन् । कोका–कोलाले नेपाली सेनासँग २ वर्षसम्म माउन्टेन क्लिन अप क्याम्पियनका लागि सहकार्य गरेको छ । बहुउद्देश्य संस्थासँग मिलेर गरिएको राष्ट्रिय कार्यक्रमको उद्देश्य पहाडलाई सुरक्षा गरेर हिमालयमा जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नु रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्