ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

माछापुच्छ्रे कृति क्यापिटलको दोस्रो साधारण सभा कात्तिक १० गते, १३.४% लाभांशको प्रस्ताव

२०७८ असोज, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा कात्तिक १० गते हुने भएको छ ।

सभा एम्बेस्सी रेष्टुरेन्ट, पानीपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर तथा ६ दशमलव ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १३ दशमलव ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाको अन्य प्रस्तावमा कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मर्चेण्ट बैंकिङ एशोसिएशन अफ नेपालको संयोजकत्वमा गरिएको खर्च अनुमोदन गर्ने, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड कायम गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने पनि रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्