ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ग्लोबल आइएमई लघुवित्तले प्रस्ताव गर्‍यो २८ % लाभांश

२०७८ असोज, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी रू.४३ करोड १७ लाख १० हजार रहेको छ । २८ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. ५५ करोड २५ लाख ८९ हजार पुग्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्