ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सांग्रिला डेभलपमेण्ट बैंकद्वारा लाभांश प्रस्ताव

२०७८ असोज, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्