ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सबैको लघुवित्तद्वारा ३२.६८ % लाभांश घोषणा

२०७८ असोज, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ । 

कम्पनीले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

 उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई १० दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्