ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सबैको लघुवित्तसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

२०७८ असोज, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार तीन ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड,ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । त्यस्तै ग्लोबल आइएमई लघुवित्त र सबैको लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश प्रस्ताव गरेकाले लगानीकर्ताको आकर्षण ती कम्पनीको शेयरमा भएकोे हो ।

ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार २७८ दशमलव १०,सबैको लघुवित्तको रू. २ हजार ८४ दशमलव ५० र मैलुङ खोला जलविद्युत् कम्पनीको रू. ४३२ दशमलव ९० पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्