ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दशैंतिहारमा कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा पैसा नलाग्ने

२०७८ असोज, २०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । दशैंतिहार तथा छठ पर्वको अवसर पारेर नेपाल क्लियरिङ हाउस लिमीटेड(एनसीएचएल) ले कनेक्ट आईपीएस मोबाईल एप मार्फत् मोबाईल वालेटमा गरिने फण्ड लोडलाई असोज २० गतेदेखि कार्तिक २५ गतेसम्म पूर्ण रुपमा नि : शुल्क गरेको छ ।

उसले बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर  गर्दा शुल्क नलाग्ने बताएको छ ।

कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाईलबाट गरिने बैंक खातामा आधारित फण्ड ट्रान्सफरलाई थप प्रवर्द्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाहा गरिएको बताइएको छ । 

यस प्रावधानले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्स्फरमा मोबाईल प्ल्याट्फर्मको प्रयोग थप वृद्धि हुने नेपाल क्लियरिंग हाउसले बताएको छ । 

फण्ड ट्रान्सफर लगायत अन्य विभिन्न भुक्तानी एकै प्लेटफर्मबाट गर्न सकिने कनेक्ट आईपीएसले गत आर्थिक वर्षमा १३ दशमलव ६ खर्ब  रुपैयाँ बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबारहरु फछ्र्यौट गरेको थियो भने चालू आर्थिक वर्ष (भाद्र मसान्तसम्म) ४ दशमलव ५ खर्ब रुपैयाँ बराबरको ६२ लाख भुक्तानी कारोबारहरु फछ्र्यौट गरिसकेको छ । 

हाल उक्त प्रणालीमा जम्मा ५४ ओटा बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । १४ ओटाभन्दा बढी डिजीटल वालेटका प्रयोगकर्ताले पनि कनेक्ट आईपीएसमार्फत सोझै बैंक खाताबाट फण्ड लोड गर्न सकिने पनि उसले बताएको छ ।

कनेक्ट आईपीएसको मोवाइल एपमार्फ प्रतिकारोबार १ लाख रुपैयाँ तथा प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्