ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेगा बैंकसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ असोज, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको करीब दुई घण्टाको अवधिमा मेगा बैंकसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको हो । मेगा बैंक,सिभिल बैंक,सिद्धार्थ इक्विटी फण्ड, नेशनल हाइड्रोपावर र एनएमबि हाइब्रिड एल - १ को धितोपत्रमा उच्च खरीद माग रहेको हो । 

ती पाँच ओटा धितोपत्र मध्ये सबैभन्दा बढी मेगा बैंकको ११ लाख २२ हजार ७३५ कित्ता शेयर खरीद माग रहेको छ । 

त्यसैगरी सिभिल बैंकको ६ लाख ३४ हजार ९० कित्ता,सिद्धार्थ इक्विटी फण्डको २ लाख ५ हजार ८०० इकाई,नेशनल हाइड्रोपावरको १ लाख ७४ हजार २६० कित्ता र एनएमबि हाइब्रिड फण्ड एल - १ को इकाईमा १ लाख ५६ हजार १५० इकाई खरीद माग रहेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्