ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमा सक्रिय संक्रमितहरुको संख्या ७ महीना पछिकै सबैभन्दा थोरै        

२०७८ असोज, २०  
अन्तरराष्ट्रिय
Image Not Found

नयाँदिल्ली(भारत)  भारतमा सक्रिय संक्रमितहरुको संख्या झण्डै ७ महीना पछिकै सवैभन्दा थोरै देखिएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले २ लाख ४६ हजार ६८७ जना सक्रिय संक्रमितहरु रहेका छन् ।     
     
यो संख्या २०३ दिनपछिकै सवैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८३३ जना नयाँ संक्रमितहरु थपिएका छन् ।     
     
नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको संख्या कम हुँदै गएको हो । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या ३ करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ ।     
     
भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार ८६७ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये १४ लाख ९ हजार ८२५ जनाको  मंगलवार परीक्षण गरिएको छ। भारतमा पछिल्लो समयमा संक्रमितहरुको संख्या केरला राज्यमा सबैभन्दा धेरै १ लाखभन्दा बढी देखिदै आएको छ । केरलामा अहिलेपनि १ लाख २५ हजार ३० जना सक्रिय संक्रमित रहेका छन् ।     
     
त्यसैगरी महाराष्ट्रमा ३६ हजार ७४४ जना सक्रिय संक्रमितहरु रहेको मन्त्रालयले बताएको छ । महाराष्ट्रमा यसअघि सक्रिय संक्रमितहरुको संख्या लामो समयसम्म सबैभन्दा धेरै रहेको थियो । रासस/  एएनआई   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्