ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हिमालयन बैंकका नव नियुक्त अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ 

२०७८ असोज, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलवार पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । 

अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात मंगलवार नै बैंक अध्यक्षको पद बहाली गरेका हुन् । श्रेष्ठलाई  बैंकका सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बैंकका वरिष्ठ अधिकृतहरुले स्वागत गरेका थिए ।

श्रेष्ठलाई असोज १३ गते बसेको बैंकको ४११ औं सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिका सदस्य थिए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्