ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

११ ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट, लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीमा 

२०७८ असोज, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको दुई घण्टाको अवधिमा ११ ओटा धितोपत्रको  शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये ११ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो अवधिसम्ममा बजार अघिल्लो कारोबार दिनको तुलनामा ६३ अंक बढेर २ हजार ६७५ दशमलव ८४ विन्दुमा पुगेको छ । 

नयाँ सारथि लघुवित्त वित्तीय संस्था,मिथिला लघुवित्त वित्तीय संस्था,जीवन विकास लघुवित्त वित्तीय संस्था,ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था,सबैको लघुवित्त वित्तीय संस्था,सामुदायिक लघुवित्त वित्तीय संस्था,सिईडिबी हाइड्रोपावर,किसान लघुवित्त वित्तीय संस्था,ग्रामीण विकास लघुवित्त वित्तय संस्थाको शेयरमूल्यमा सर्किट लागेको छ । 

त्यसैगरी मैलुङ खोला जलविद्युत कम्पनी र समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढेसँगै खरीदकर्ता धेरै हुँदा ती ११  ओटा धितोपत्रको शेयरमूल्य बढेको हो ।  

बुधवार बजार बढ्दा अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आकर्षक लाभांश वितरण गर्ने अपेक्षा गर्दै लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ताको आर्कषण परेको देखिन्छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्