ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मानुषी लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार बल्ल ११ औं दिनमा शुरु

२०७८ असोज, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको ११ औं दिनमा पहिलो दिनमा बल्ल कारोबार भएको छ ।

नयाँ सूचीकृत उक्त कम्पनीको शेयर दोस्रो बजारमा बधवार स्पेशल प्रि - ओपन सेसनमा कारोबार  भएको हो ।  सो सेसनमा उक्त कम्पनीको कारोबार ३९७ दशमलव ५० रुपैयाँमा कारोबार भएको हो ।

दोस्रो बजारमा कारोबारको लागि नेप्सेले रू. १३२ दशमलव ६९ देखि ३९८ दशमलव शून्य ७ तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

अव कम्पनीको शेयर नियमित समयमा कारोबार हुन्छ । यसअघि पहिलो सेसनमा कम्पनीको शेयर कारोबार म्याच हुन नसक्दा दोस्रो  बजारमा कारोबार हुन सकेको थिएन ।

कम्पनीको प्राथमिक शेयर गत असोज १० गते नेप्सेमा सूचीकृत भएको थियो । सूचीकृत भएसँगै कम्पनीको शेयर भोलिपल्टदेखि कारोबारमा आउनुपर्ने थियो तर सो दिन शेयर डिम्याट खातामा नआएका कारण कारोबार हुन सकेको थिएन ।


कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत  भएको छ । कम्पनीले सर्वसाधारणतर्फको ३ लाख ९३ हजार ७५० कित्ता र ७ लाख कित्ता  संस्थापकको गरेर कुल १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्