ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिटीजन्स बैंकको सर्वाधिक रू. २३ करोड बराबरको शेयर खरीदविक्री 

२०७८ असोज, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार सिटीजन्स बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

काराबोरमा आएका २२७ ओटा धितोपत्रमध्ये सिटीजन्स बैंककोे सर्वाधिक शेयर खरीदविक्री भएको छ । यो दिन उक्त कम्पनीको रू. २३ करोड ४ लाख ३७ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९८ कायम भएको छ । कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार भएकाले पनि कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

कम्पनीले १५ औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गरेसँगै बुधवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।

असोज २१ गते सार्वजनिक विदा रहेकाले  बुधवारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ८ प्रतिशत नगद लााभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्